आज संसद अधिवेशन अन्त्य हुँदै, यस्तो छ अन्तिम बैठकको कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 09:43:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज वैअशाखा २ गते मध्यरातबाट चालु संसद अधिवेशन अन्त्य हुँदै छ । चैत्र ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो ।

आज यस अधिवेशनको अन्तिम बैठक बोलाइएको छ। आजको बैठकमा ८ वटा कार्यसूची तोकिएको छ। तर नेपाली कांग्रेसले गृह मन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएकोले उनी माथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद चल्न नदिने बताउदै आएको छ। कांग्रेसले यस अघिको बैठक पनि अवरोध गरेको थियो। आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ  । 

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची : 

१. सभामुखले राष्ट्रपतिको कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने। 

२. चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित माननीय मन्त्रीहरुबाट टेबुल गरिने । 

३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले "सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०६०" पेश गर्ने।
 

४. प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०६०" पेश गर्ने।

५ . शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०६० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

६. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले "संघीय निजामति सेवा विधेयक, २०५० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको "विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

८. सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved