इरानको आक्रमणमा अमेरिका र बेलायतले इजरायललाई कसरी सहयोग गरिरहेका छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 11:17:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन खसालेको छ ।  यसैबीच बेलायतले आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इङ्गल्याण्डका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने कुरा गरेका छन्।

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको छ ।

तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

दुई अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई भने कि अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको छ। यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने खुलाइएको छैन ।

बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved