इरानले भन्यो 'इजरायलले जवाफी हमला गरे हामी झन् ठूलो आक्रमण गर्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 12:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानले इजरायलमाथि गरिएको आक्रमण सफल भएको प्रतिक्रिया दिएको छ । इरानका मिलिट्री कमाण्डर मोहम्मद बाधेरीले आक्रमण सफल भएको र आक्रमणको उदेश्य प्राप्त भएको बताएका हुन् ।

उनले आक्रमणको क्रममा आम नागरिकलाई लक्ष्य नबनाइएको प्रष्ट पारे । उनले अब थप आक्रमण नहुने बताए । तर यदि इजरायलले जवाफी आक्रमण गरेमा अहिलेको भन्दा ठूलो आक्रमण गर्ने चेतावनी उनले दिएका छन् ।

इरानले गएराति इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै आक्रमण गरेको थियो। इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । ती धेरैजसोलाई निस्तेज पारिएको इजरायलले जनाएको छ। 

अब इरानले गरेको यो आक्रमणको इजरायलले जवाफ दिन्छ कि दिदैंन भन्ने निश्चित छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved