क्यान महासंघको मागः सूचना प्रविधि उद्योग ग्राम बनाउन बजेट छुट्याऔँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 04:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले सूचना प्रविधि औद्योगिक ग्राम बनाउन आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सूचना प्रविधि दिवसको अवसरमा क्यान महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले सूचना प्रविधि उद्योग ग्राम बनाउन बजेटको माग गरेका हुन् । 

आगामी आर्थिक वर्षको बजेटबाटै मुलुकभरी नै डिजिटल साक्षरताका लागि सरकारले सूचना प्रविधि ग्राम बनाउन बजेटको व्यवस्था मिलाउनुपर्ने उनको माग छ । 

नयाँ नयाँ प्रविधिको क्षेत्रमा काम गर्न खोजिरहेका स्टार्टअपहरुलाई बजेट विनियोजन गर्ने सरकारको तयारी रहेको सुनिएको भन्दै यसले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुलाई खुशी बनाएको पनि उनले बताएका छन् । नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिनसक्ने क्षेत्र नै सूचना प्रविधि क्षेत्र भएको भन्दै अध्यक्ष पोदारले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर नीति बनाउने र बजेट व्यवस्था गर्नुपर्ने बताए । 

 ‘डिजिटल लिट्रेसीमा बजेट छुट्टयाउनु पर्छ, मान्छेसँग सबैले प्रयोग गर्ने मोबाइल, ल्यापटप लगायतका प्रविधि प्रयोग गरिरहेका छन् । प्रविधि प्रयोग गर्दा उत्पन्न हुने समस्याबारे पनि मान्छेलाई सचेत गराउनुपर्ने हुन्छ, यसका लागि सर्वसाधारणलाई देशव्यापी रुपमा डिजिटल लिट्रेसी पुर्याउन बजेटको व्यवस्था गर्नुपर्छ’ उनले भने । 

उनले सूचना प्रविधि सम्बन्धी कानुन तत्काल संशोधन गर्न माग गरेका छन् । कानुन संशोधन नहुँदा नेपालको सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी भित्रिन नसकेको अध्यक्ष पोदारको भनाइ छ । 

उनले निर्यात गरेको सफ्टवेयरमा पनि भ्याट लिन थालिएको भन्दै असन्तुष्टि जनाए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved