आइतबार राति भारतको राष्ट्रिय राइफल मुख्यालयमा आतंकारी हमला भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । राति साढ़े दस बजे दुई तर्फबाट मुख्यालयमा हमला भएको र मध्यरातिसम्म दोहोरो गोलि हानाहान भएको बताईएको छ । हमलामा एक भारतीय सैनिक र बिद्रोही तर्फ २ जनाको ज्यान गएको छ । साथै ४ भारतीत सैनिक घाइते छन् ।
अन्यको खोजि कार्य जारी रहेको छ । २ गुटमा आएका आतंककारीले पहिले ग्रिनेडले हमला गरेको र पछि दोहोरो गोली हाना हान भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
हमलापछि राजधानी दिल्ली लगायतका मुख्य शहरमा सुरक्षा ब्यबस्था कडा पारिएको छ । मुम्बईमा ड्रोन हमला हुन् सक्ने खबर सुरक्षा सुत्रली पाएको हुनाले मुंबईको पूजा-पन्डालहरुमा बिशेष टोली खटाईएको संचार मध्यमहरुले जनाएको छन् ।
पछिल्लो समय भारत -पाकिस्तानको सीमा क्षेत्र कश्मिर स्थित लाइन अफ कन्ट्रोलमा पटक पटक फायरिंग र गोलीहानाहानका घटना बढेका छन् । साथै युद्द हुन् सक्ने भन्दै दुवै देशले तयारी तिब्र पारेको बुझिएको छ ।