ट्वीटरले हटाउन थाल्यो पैसा नतिर्नेको ब्लु टिक, बिल गेट्सदेखि रोनाल्डोसम्मको ब्लु टिक गायब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 09:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 ट्वीटरले पैसा नतिर्ने प्रयोगकर्ताको 'ब्लु टिक' हटाउन थालेको छ । ट्वीटरले यस अघि नै ब्लु टिक कायम राख्नको लागि प्रति महिना ८ डलर तिर्नु पर्ने बताएको थियो । पैसा नतिर्नेको ब्लु टिक ट्वीटरले हटाउन थालेको हो ।

नेपालबाट पनि पैसा नतिर्नेहरुको ब्लु टिक हट्न थालेको छ । विदेशमा पनि प्रख्यात खेलाडी,  सेलिब्रेटीहरुको समेत ब्लु टिक हटेको छ । ब्लु टिक हट्नेमा रोनाल्डो, बिल गेट्स, विराट कोहली, रोहित शर्मा, शाहरुख खान, सलमान खान , पोप फ्रान्से, बियोन्से लगायत रहेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रंपको ब्लु टिक पनि हटेको छ ।

ट्वीटरले मासिक मासिक ८ डलर तिर्नेलाई ब्लु टिक सहित थप सुविधा हुने पनि बताएको । सीइओ एलन मस्कका अनुसार  रकम तिर्ने प्रयोगकर्ताले रिप्लाई, मेन्सन र सर्चमा प्राथमिकता पाउने बताएका छन् । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताले अरुको भन्दा लामो अडियो तथा भिडियो पोस्ट गर्न सक्ने बताईएको छ । त्यस्तै रकम तिर्ने प्रयोगकर्ताको ट्वीटरमा अन्य प्रयोगकर्ताको तुलनामा आधा मात्र विज्ञापन देखिने मस्कले बताएका छन् । राजनीतिक दलका नेताको एकाउन्टमा भने उनीहरुको परिचय दिनको लागि छुट्टै ट्याग हुने मस्क्ले उल्लेख गरेका छन् । जुन ब्यबस्था अहिले पनि कायम छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved