इरानमाथिको आक्रमण तत्काल रोक्न विश्व समुदायको आग्रह, कुन देशले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2024 | 12:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलले इरानमाथि जवाफी आक्रमण गरेपछि विश्वले यसलाई रोक्न आग्रह गरेका छन्। मध्यपूर्वमा मात्र नभई विश्वलाई नै युद्दमा तान्ने भन्दै खाडी तथा युरोप अमेरिकाका मुलुकहरुले आक्रमण रोक्न आग्रह गरेका छन्। 

इजरायलले इरानको इस्फाहानमा तीन ड्रोनहरू खसाल्न एयर डिफेन्स ब्याट्रीहरू चलाएको संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले अमेरिकी प्रसारकहरूलाई बताएको भन्दै एबिसी लगायतका मिडियाहरुले समाचार लेखेका थिए। 

शुक्रबार इस्फाहान र ताब्रिज सहरहरूमा आकाशमा विस्फोटहरू भएको रिपोर्ट गरिएको थियो तर इरानी सरकारले घटनालाई अस्वीकार गरेको छ। यता इजरायलबाट पनि आधिकारिक टिप्पणी आएको छैन। 

इजरायलले गरेको आक्रमणलाई इरानले अस्विकार गरेतापनि र इजरायलले पनि आधिकारीक धारणा बाहिर नल्याएपनि ओमन लगायतका विश्वका दर्जनौ देश तथा निकायहरुले सोसियल मिडिया तथा विभिन्न माध्यममार्फत युद्द रोक्न आग्रह गरेका छन्। 

प्यालेस्टाइनको गाजामा पछिल्लो छ महिनादेखि इजरायलको बमबारीले पहिल्यैदेखि नै मध्येपुर्व तनाबग्रस्त रहेकाले इरान र इजरायलको लडाईले त्यो क्षेत्रमा असह्य तनाब बढाउने भन्दै छिमेकी देश इराक, ओमन, लगायतका देशहरुले युद्द रोक्न आग्रह गरेका हुन्। अक्टोबर ७ यता गाजामा इजरायली हमलाबाट कम्तिमा ३४,०१२ जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको छ भने ७६,८३३ जना घाइते भएका छन्।

यसरी युद्द रोक्न आग्रह गर्नेमा इजरायल र इरानका छिमेकि देश ओमन, इजिप्ट, टर्की, जोर्डन रहेका छन्। यसैगरि युद्द हुन् नहुने भन्दै युद्द रोक्नलाई आग्रह गर्नेमा जीसेभेन, युनाइटेड नेशन, युरोपियन युनियन, बेलायत, नेदरल्याण्ड, चाइना, जर्मनी, रसिया, जापान, स्विडेन, क्यानडा, फ्रान्स लगायतका देश तथा निकाय रहेका छन्। 

सिरियाको दमास्कमा रहेको आफ्नो दुतावासमाथि आक्रमण गरि आफ्ना सैनिक कमान्डर सहित आधा दर्जन अधिकारीहरुको हत्या गरेको भन्दै इरानले इजरायलमाथि गत शुक्रबार आक्रमण गरेको थियो। यद्दपि उक्त आक्रमणलाई इरानले चेतावनी र संदेशमुलक आक्रमण मात्रै भएको प्रतिक्रिया दिएको थियो।  

इरानले आक्रमण गरेको एक साताभित्रै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ८५ औं जन्मदिनकै अवसर पारेर इजरायलले जवाफी आक्रमण गरेको फर्स्टपोष्ट लगायतका मिडियाहरुको दाबि छ। खामेनी इरानका सबैभन्दा शक्तिशाली नेता हुन। उनि घरेलु र विदेश नीतिलाई प्रभाव पार्न सक्ने इरानका शक्तिशाली नेताको रुपमा चिनिन्छन। 

आफुहरुमाथि जवाफी आक्रमण भए त्यसको नतिजा राम्रो नहुने चेतावनी इरानले इजरायलमाथि आक्रमण रोकेको दिनमै बताएको थियो। त्यसैले पनि इजरायलले गरेको आक्रमणमा इरानले फेरि आक्रमण गर्यो भने छिमेकी लगायत मध्येपुर्वमा खतरा बढ्ने भएकाले विश्वका देशहरुले इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेका हुन्। 

कुन देशले के भने ? 

परराष्ट्र मन्त्रालयका प्रवक्ताले ओमानले "इरानको इस्लामिक गणतन्त्रको इस्फाहानमा आज बिहान भएको इजरायली आक्रमणको निन्दा गर्दछ" भनेका छन्।   यो "क्षेत्रमा इजरायलको बारम्बार सैन्य आक्रमणको निन्दा र निन्दा गर्दछ", विज्ञप्तिमा भनिएको छ। खाडी मुलुकले लामो समयदेखि इरान र पश्चिमी मुलुकबीच मध्यस्थता गर्दै आएको छ।

त्यस्तै इजिप्टको विदेश मन्त्रालयले इजरायल र इरानबीच बढेको शत्रुताप्रति इजिप्ट "गहिरो चिन्तित" रहेको बताएको छ। इजिप्टले यस क्षेत्रमा द्वन्द्व र अस्थिरता विस्तारको नतिजाको चेतावनी पनि दिएको छ।

त्यस्तै टर्कीको परराष्ट्र मन्त्रालयले सबै पक्षलाई मध्यपूर्वमा व्यापक द्वन्द्व निम्त्याउने कदमबाट अलग रहन आह्वान गरेको छ।

तर गाजाको बिद्रोही समुह हमासले "हामी गाजामा नरसंहारको युद्ध र यस क्षेत्रमा बढेको बढ्दो प्रतिक्रियामा [इजरायली] कब्जा विरुद्ध संलग्नताको स्तर विस्तार गर्न आह्वान गर्दछौं," हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले भने।

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले मध्यपूर्वमा थप तनावबाट बच्न संयमता अपनाउन आह्वान गरेकी छन्। फिनल्याण्डको भ्रमणको क्रममा उनले पत्रकारहरूलाई भने, "हामीले सम्भव सबै गर्नुपर्दछ कि सबै पक्षहरू त्यस क्षेत्रमा बढ्दो तनावबाट रोकिउन। 

त्यस्तै चीनको परराष्ट्र मन्त्रालयले सान्दर्भिक प्रतिवेदनलाई ध्यान दिएको भन्दै तनाव बढाउने कुनै पनि कार्यको विरोध गर्ने भनेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved