आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । दिउँसो साढे दुई बजे बस्ने बैठक बस्न लागेको हो।
बैठकले सरकारले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्ने छ । आज चार बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ ।नीति तथा कार्यक्रम पेश गरेपछि आजै बस्ने अर्को बैठकले धन्यवादको प्रस्ताव टेबल गर्ने तयारी छ ।
स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम आउने छ ।