राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदको दुवै संसदको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले २०८१ वैअश्कः २८ गते शुक्रबार दिउँसो ४ बजे संघीय संसदको दुवै संसदको अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेका हुन् । आज वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकले संसदको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो संसदको बजेट अधिवेशन हो । जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले बजेट अधिवेशन बोलाएको हो।
सरकारले गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।