अर्थमन्त्रीले सभामुखलाई गराए बजेटबारे ब्रिफिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 02:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा सभामुखलाई जानकारी गराएका छन् । मन्त्री शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी दिएका हुन।

शनिबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । 

यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved