संसदबाट नीति तथा कार्यक्रम पारित, आइतबार ४ बजे बजेट भाषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 08:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाले  सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । आज शनिवार बसेको बैठकले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकले नीति तथा कार्यक्रममा विपक्षी दलका सांसदहरुले राखेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण , सार्वजनिक संस्थानहरुको अवस्थाको विवरण, र मन्त्रालयगत समिक्षा विवरण पेश गरेका छन् । यसको विस्तृत विवरण भने अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको छ  ।   

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । 

भोलि आइतबार जेठ १५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने छन्  । बैठक ४ बजेको लागि बोलाईएको छ  । सांसदहरुलाई ३:४५ सम्ममा नै आआफ्नो बसी सक्न्को लागि सभामुखले सबै सांसदहरुलाई आग्रह गरेका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved