आज बजेट सार्वजनिक हुदै, चुनाव लक्षित पपुलर कार्यक्रम आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै छ । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ 

आज अपरान्ह ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सभामुख अग्नि सापकोटाले सबै सांसदहरुलाई ३:४५ बजे नै आ-आफ्नो सिटमा बसीसक्नको लागि निर्देशन दिईसकेका छन् । बजेट प्रस्तुत गर्नु अघि मन्त्रिपरिषद्को बैठक बस्ने छ। बैठकले बजेट पारित गरेपछि संसदमा पेश हुने छ 

आगामी मङ्सिरमा संघ र प्रदेशको चुनाव गर्नु पर्ने भएकोले सरकारले पपुलिस्ट बजेट तयार पारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बजेट मार्फत सरकारी कर्मचारीको तलव बढ्ने छ भने सामाजिक सुरक्षा दर पनि बढ्ने छ । त्यस्तै बृद्ध भत्ता पाउने उमेर पनि घट्ने छ 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने पपुलिस्ट बजेट नल्याउन सरकारको खबरदारी गरिरहेको छ । शनिवार पनि एमाले उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकार भएकाले यो सरकारले भोली आउने नयाँ सरकारलाई आर्थिक बोझ थप्ने र पपुलिष्ट हुने खालको बजेट ल्याउन नमिल्नेतर्फ सचेत गराएका थिए । चुनावी सरकारले जनमतलाई दिग्भ्रमित पार्नेगरी पपुलिष्ट खालको बजेट ल्याउने अनुमति नरहेको उनको भनाई थियो । उपाध्यक्ष पौडेलले चुनावी सरकार हो भन्ने हेक्का राखेर मुलुकको संवैधानिक र कानुनी सीमाभित्र बसेर बजेट ल्याउन सरकारलाई सचेत गराएका थिए ।

उनले भनेका थिए , ‘म भन्न चाहन्छु–यो सरकार चुनावी सरकार हो । मंसीरसम्म चुनावी गरिसक्नु पर्ने हाम्रो संवैधानिक अभिभारा छ । त्यसले गर्दा यो सरकारले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने प्रकृतिका र भोली आउने सरकारलाई बोझ थप्ने प्रकृतिका कार्यक्रम यसले ल्याउन सक्दैन । ल्याउन मिल्दैन । यसो गर्ने अनुमति यसलाई छैन भन्ने कुरा पनि म स्पष्टसँग राख्न चाहन्छु । र, जनमतलाई दिग्भ्रमित गर्ने गरी पपुलिष्ट प्रकृतिका कार्यक्रमहरु ल्याउने समेत पनि यसलाई अनुमति छैन भन्ने कुरा म राख्न चाहन्छु । '

तर सरकारले भने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी पपुलर कार्यक्रम सहितको बजेट ल्याउन लागेको स्रोतको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved