
यूनियन लाइफ इन्स्यारेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा दुई अर्ब ३७ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । साढे दुई अर्ब बीमा शुल्क संकलन गर्न सफल भएको यूनियन लाइफको जीवन बीमा कोष तीन अर्ब माथि पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोष तीन अर्ब ३७ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष ९५ करोड ३३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीमा ६३ हजार २३० बीमालेख कायम भएका छन् । गत आवको सोही अवधिमा कम्पनीले ४९ हजार ७६२ बीमालेख कायम गरेको थियो ।
कम्पनीले यस अवधिमा ४ लाख ३२ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले ६४ दावी वापत सो रकम भुक्तानी गरेको हो । बीमाङकीय मूल्याङ्क अघिको कम्पनीको खुद नाफा २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड १६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको यो खुद नाफामा बीमाङकीय मूल्याङ्कन पछि फेरबदल हुन सक्ने छ ।
यस त्रैमासमा कम्पनीले ४४ करोड ७३ लाख रुपैयाँ अभिकर्ता कमिशन वापत खर्चेको छ । एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ५६ करोड २६ लाख रुपैयाँ रहेको छ ।