नेपाल लाइफ इन्स्योरेन्सले व्यत्तित बीमालेख नविकरणमा ल्यायो छूट योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 10:03:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छूटको योजना ल्याएको छ ।  कम्पनीले १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ बैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा बैशाख २५ गतेदेखि बीमालेख नविकरण शूल्कमा लाग्ने ब्याजमा छूट प्रदान गरिने बताएको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचनामा बिमितहरुले निर्धारित मितिमा नविकरण शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० दिनभन्दा माथि ३ बर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत र ३ बर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेख २० प्रतिशत ब्याज छूट पाइने छ ।

सो सुविधा अन्तरगत आगामी असार ६ गतेसम्म बीमालेख नविकरण गरेमा छूट पाइने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved