कोरोना कोषमा महालक्ष्मी लाइफको १३ लाख ३४ हजार, सीईओ भट्टराइले दिए २ महिनाको तलब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 02:58:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा महालक्ष्मी लाइफ इन्स्यारेन्सले १३ लाख ३४ हजार रुपैयाँ सहयोग गरेको छ । जस अन्तरगत इन्स्योरेन्सको तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईको २ महिनाको तलब बराबर पाँच लाख ८४ हजार रूपैयाँ गरी कुल १३ लाख ३४ हजार रुपैयाँ रकम उक्त कोषमा जम्मा गरेको कम्पनीले जनाएको छ । 

सरकारको सो प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार कम्पनीले राहत स्वरूप कोषमा उक्त रकम योगदान गरेको हो । उक्त रकम राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा जम्मा गरेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved