सिटिजन लाइफ इन्स्योरेन्स Citizen Life Insurance Company ले अनलाईन बीमा दाबी सेवा सुरु गरेको छ । यस सुविधामार्फत अब सेवाग्राही तथा बीमितले बीमा दावी गर्न कम्पनीको कार्यालयमा पुग्नुपर्ने छैन ।
ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी प्रकृया अगाडी बढाउन सकिनेछ ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीको विश्वास छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागी डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।