वैदेशिक रोजगार बीमाबाटै उठ्यो पौने २ अर्ब बीमाशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2023 | 10:35:09 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट पछिल्लो ६ महिनामा करिब पौने २ अर्ब बीमा शुल्क संकलन भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० वटा बीमा कम्पनीहरुले वैदेशिक बीमालेख बिक्रि गरि १ अर्ब ७१ अर्ब १९ लाख बीमाशुल्क(प्रिमियम) संकलन गरेका हुन्। 

पुस महिनामा मात्रै कम्पनीहरुले ६१ हजार ६ सय ५२ वटा बीमालेख बिक्रि गरि २७ करोड २४ लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन्। त्यसको दायित्व (बीमाङ्क रकम) ४ अर्ब २४ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको छ।

यो वर्ष नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई, सन नेपाल, रिलायवल, सिटीजन, सानिमा  प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन्।

वैदेशिक रोजगार बीमा बापत सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले संकलन गरेको छ। कम्पनीले पुस मसान्तसम्ममा ६९ करोड ८६ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो। सो अवधिमा कम्पनीले ३ हजार ३३९ बीमालेख बिक्री गरेको छ । गत मंसिर महिनामा भने कम्पनीले ६१ करोड ६५ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

आइएमई लाईफले १८ करोड ८७ लाख रुपैयाँ, साविकको सूर्य लाइफले १८ करोड ५१ लाख, सानिमा लाइफले १४ करोड ११ लाख, साविक ज्योति लाइफले १३ करोड १८ लाख, सिटिजन लाइफले १२ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यस्तै, सो अवधिमा नेपाल लाइफले ९ करोड ४९ लाख रुपैयाँ, रिलायबलले ७ करोड २५ लाख, नेशनलले ३ करोड ४० लाख, रिलायन्सले १ करोड ६८ लाख,प्रभुले १ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

वैदेशिक रोजगारमा जाने कामदारले यस्तो बीमा अनिवार्य गर्नुपर्दछ। हाल यस्ता सक्रिय बीमालेख १२ लाख ९४ हजार ४५९ रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved