धनगढीमा प्रभु इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 04:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स लिमिटेडले धनगढीमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सोमबार धनगढीको होटल सितारमा आयोजित कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको सभापतित्व तथा नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशिक कार्यालयका प्रमुख हृदयश्वर पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बीमा सबैको लागि अपरिहार्य रहेको र बीमा गरिएको सम्पत्तिको हानी नोक्सानी भएमा बीमाले क्षतिपुर्ति बहन गर्ने भएकोले सबैले बीमा गर्नुपर्ने बताउँदै बीमाले सबै जनतालाई सबल बनाउन मद्धत पुग्ने बताए । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण सुदुरपश्चिम प्रदेशिक कार्यालयका प्रमुख पण्डितले बीमा सम्वन्धी यस किसिमका सचेतामुलक कार्यक्रमले जनमानसमा बीमा सम्वन्धी सचेतना बृद्धि भई बीमाको दायरा समेत बृद्धि हुने बताए । 

सो कार्यक्रममा बीमा सम्वन्धी विभिन्न जानकारीहरु प्रदान गरिनुका साथै धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रहरी प्रशासनका प्रतिनिधिहरु, बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग बीमा सम्न्धी प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो । 

कम्पनीले विभिन्न स्थानमा बीमा सम्वन्धी सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने योजना रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved