सबै प्रदेशमा निबन्ध प्रतियोगिता गर्दै बीमा प्राधिकरण, बिजेतालाई १० हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 12:33:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवर्द्धनको लागि प्रदेश स्तरीय निबन्ध प्रतियोगिता संचालन गर्ने भएको छ। कक्षा ११ देखि स्नातक सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन सक्ने छन् ।

प्राधिकरणका अनुसार  प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले  देशको आर्थिक विकासमा बीमाको महत्व, वा बीमाको विकासमा सूचना प्रविधिको भूमिका, वा बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व मध्ये कुनै विषयमा निबन्ध लेख्नु पर्ने छ।

 प्रतियोगीको अध्ययनरत शैक्षिक सँस्थाको ठेगानाको आधारमा प्रदेश निर्धारण गरिने प्राधिकरणले जनाएको छ । जस्तैः सुदूरपश्चिम स्थायी घर भइ हाल काठमाण्डौमा अध्ययनरत विद्यार्थी बाग्मती प्रदेशबाटै प्रतियोगी हुनेछ । 

प्राधिकरणका अनुसार लेखनको भाषा नेपाली वा अंग्रेजी मध्ये एक हुनु पर्नेछ । नेपाली भाषा भए प्रिती १६ फन्ट साइज र अंग्रेजी भाषा भए Times New Roman १२ फन्ट साइजमा हुनु पर्नेछ ।निबन्ध बढीमा १५०० शब्दको हुनु पर्नेछ । प्रतियोगिताको सूचना प्रकाशन भएको मितिले २५ दिन भित्र निबन्ध उपलब्ध गराउनु पर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

 पेश हुन आउने निबन्ध आफ्नै मौलिक श्रृजना हुनु पर्ने र यस अघि अन्य कुनै पत्रपत्रिकामा प्रकाशित नभएको हुनु पर्ने प्राधिकरणले उल्लेख गरेको छ। निबन्ध पेश गर्दा प्रतियोगिको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अध्ययन गरिरहेको संस्थामा परिचय खुल्ने कार्ड / संस्थाको पत्र पनि संलग्न गरी पठाउनु पर्नेछ । अन्यथा उक्त निबन्धलाई प्रतियोगितामा समावेश नगरिने प्राधिकरणले जनाएको छ।

पेश हुन आएको निवन्धलाई विषय विज्ञ बाट मूल्यांकन गराइने प्राधिकरणले जनाएको छ । निबन्धलाई कम्तिमा  Content ( विषय वस्तु), Originality and Relevance (मौलिकता र सान्दर्भिकता ), Structure ( लेखन संरचना) र Word Limit (शब्द सीमा) को आधारमा मुल्य्कन गरिने प्राधिकरणले उल्लेख गरेको छ।

 प्रत्येक प्रदेशबाट एक सर्वोत्कृष्ट रचनालाई पुरस्कार स्वरुप रु १० हजार र प्रमाणपत्र प्रदान गरिने र छनौट भएको निबन्ध प्राधिकरणको केन्द्रीय  कार्यालयबाट प्रकाशन हुने बुलेटिनमा समावेश गरिने प्राधिकरणले जनाएको छ ।  

प्रदेश अनुसार निबन्ध पठाउने ठेगाना छुट्टाछुट्टै रहेको र विस्तृत विवरण प्राधिकरणको वेबसाइट https://nia.gov.np/ मा हेर्न प्राधिकरणले आग्रह गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved