गुरु ट्राभल्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2023 | 09:31:59 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड र नेसिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो । 

सहमतिपत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । 

यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बाट सहजरुपमा ट्राभलबिमा प्राप्त गर्ने तथा अन्य बिमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ । 

गुरु ट्राभल्स लिमिटेडका ग्राहकहरुले एकै स्थानबाट ट्राभलबिमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

गुरु ट्राभल्स लिमिटेड २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ। आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२,००० भन्दा बढी आदरणीय ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ। यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दैआएको छ।

कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक ्ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved