भदौसम्म लघु जीवनबीमा कम्पनीहरुद्वारा १३ लाख बीमा शुल्क संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 10:40:25 AM मा प्रकाशित

laxmi  sunrise bank

लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौ सम्ममा  १३ लाख ४५ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये गार्डियन माईक्रो लाईफले १० लाख ३७ हजार  र  क्रेष्ट माईक्रो लाईफले तीन लाख सात हजार रुपैयाँ आर्जन गरेका छन् । 

भदौ मसान्तसम्म उक्त दुई लघु जीवन बीमा कम्पनीहरुले जारी गरेको एक हजार ३४४ वटा बीमालेख सक्रिय रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जसमध्ये गार्डियनको ९८३ वटा र क्रेष्ट माईक्रोको ३६१ वटा बीमालेख सक्रिय रहेको छ । 

यस्तै, उक्त कम्पनीहरुले भदौमा मात्र ६५१ पोलिसी विक्री गरेका छन् । प्रधिकरणका अनुसार गार्डियनले भदौमा ५०१ वटा पोलिसी बेच्दा क्रेष्टले १५० वटा पोलिसी विक्री गरेको हो । गार्डियन र क्रेष्टले साउनमा क्रमश: ३५५ र ११९ वटा पोलिसी विक्री गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved