वैदेशिक रोजगारमा जानेको ५२ प्रतिशत घरपरिवार स्वास्थ्य बीमा बाहिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 12:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारमा जानेको ५२ प्रतिशत घरपरिवार स्वास्थ्य बीमा बाहिर भएको पाईएको छ । वैदेशिक  रोजगारीमा संलग्नको ५२ प्रतिशत परिवार अझै स्वास्थ्य बीमामा आवद्ध नभएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । 

राष्ट्र बैंकले तयार पारेको लुम्बिनी प्रदेशमा रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावको अध्ययन प्रतिवेदन अनुसार वैदेशिक रोजगारमा संलग्नको ४८ परिवार मात्र स्वास्थ्य बीमामा आवद्ध भएका छन् । 

लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमामा आवद्ध सबैभन्दा धेरै पाल्पाका घरपरिवार छन् । पाल्पाबाट वैदेशिक रोजगारीमा संलग्नको ६७.६९ घर परिवार स्वास्थ्य बीमामा आवद्ध भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यसैगरी रोल्पा जिल्लाका घरपरिवार स्वास्थ्य बीमामा कम आवद्ध छन् । रोल्पा जिल्लाबाट स्वास्थ्य बीमामा आवद्ध हुने घरपरिवार मात्र २१.०५ प्रतिशत रहेको प्रतिवेदनले देखाउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved