इन्स्योरेन्स इन्स्टिच्युटद्वारा अण्डरराईटिङ्ग तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 03:04:30 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले मधेश प्रदेशमा दुईदिने एडभान्स अण्डरराईटिङ तालिम सम्पन्न गरेको छ । आईआईएनले मङ्सिर १५ र १६ गते बीमा प्राधिकरणको मधेश प्रदेश कार्यलको पहलमा उक्त तालिम सञ्चालन गरेको जनाएको छ । 

उक्त तालिम विभिन्न जीवन बीमा कम्पनीका ४४ जना र निर्जीवन कम्पनीका ४२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । जहाँ मेडिकल अण्डरराइटिङ्ग,  फाईनानसियल अण्डरराइटिङ्ग, ईन्जिनियरिङ अण्डरराइटिङ्ग को तालिम दिईएको आईआईएनले जनाएको छ । 

पर्साको बीरगंजमा सञ्चालित सो तालिम कार्यक्रमको उद्घाटन प्राधिकरणका मधेश प्रदेश प्रमुख कुसुम शर्माले गरेकी थिइन । जीवन बीमा तर्फ राजिव गुर्वाचार्य र दिगविजय सिंगलले प्रस्तुतिकरण गरेका थिए भने निर्जीवन तर्फ बिके महर्जन र सुद्युम्न प्रसाद उपध्यायले प्रस्तुतिकरण दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved