५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार १६ अर्ब, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 04:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ५ महिना(साउन देखि मसिंरसम्म)मा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँको व्यापार गरेका छन् । यो अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र २ वटा निर्जीवन लघु बीमा कम्पनीले उक्त रकम बराबरको व्यपार गरेका हुन् । 

यो अवधिमा उक्त १६ कम्पनीहरुले ११ लाख ७२ हजार ४४७ वटा पोलिसि बेचेका छन् । जसमध्ये २ लाख ७७ हजार ९२३ वटा पोलिसि मसिंर महिनामा मात्र बेचेका हुन् । 

यो अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले व्यापार गरेको छ । यो कम्पनीले यो ५ महिनमा १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ व्यापार गरेको हो । त्यसैगरी,  दोस्रो स्थानमा रहेको सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सले १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ व्यापार गर्दा शिखर ईन्स्योरेन्सले १ अर्ब ५७ करोड ७६ लाख रुपैयाँको व्यापार गरेको छ । 

यस्तै, हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीले १ अर्ब ३९ करोड ५३ लाख, आईजिआई प्रुडेन्सियलले १ अर्ब ३८ करोड १२ लाख, नेको ईन्स्योरेन्सले १ अर्ब ३३ करोड ३० लाख, एनएलजी ईन्स्योरेन्सले १ अर्ब १ करोड ६४ लाख र युनाइटेड अजोडले १ अर्ब ७ करोड १२ लाख रुपैयाँ बराबरको व्यपार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

२ लघु निर्जीवन बीमा 

यो अवधिमा निर्जीवन तर्फका २ लघु बीमा कम्पनीहरुले करिब पौने ३ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रोले यो अवधिमा २ करोड ७९ लाख ३४ हजार रुपैयाँको व्यापार गरेको प्राधिकरणले तथ्यांकले देखाउँछ । 

जसमध्ये नेपाल माईक्रोले १ करोड ४० लाख ८४ हजार रुपैयाँको व्यापार गर्दा प्रोटेक्टिभले १ करोड ३८ लाख ५९ हजार रुपैयाँको व्यपार गरेको छ । जसमध्ये मसिंर महिनामा मात्र यी कम्पनीहरुले १ करोड ११ लाख ४६ हजार रुपैयाँको व्यापार गरेका छन् । 

यो ५ महिनामा यी कम्पनीहरुले ११ हजार १८८ वट पोलिसि बेचेका छन् । नेपाल माईक्रोले ८ हजार १३७ र प्रोटेक्टिभले ३ हजार ५१ वटा पोलिसि बेचेको हो । मसिंरमा मात्र यी कम्पनीहरुले ५ हजार ५३८ वटा पोलिसि बेचेका छन् । 

हेर्नुस् कुन कम्पनीको व्यापार कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved