निर्जीवन बीमाको व्यापारः मोटरको हिस्सा ६० प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 12:44:51 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमाको ६० प्रतिशत हिस्सा मोटर बीमालेखले ओगटेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकमा निर्जीवन तर्फ ६०.०२ प्रतिशत हिस्सा मोटरको बीमाले ओगटेको पाइएको छ । 

चालु आर्थिक वर्षको ५ महिनामा निर्जीवन तर्फ कुल ११ लाख ७२ हजार ४४७ वटा पोलिसि विक्री भएका छन् । जसमध्ये ७ लाख ३ हजार ७८५ वटा मोटर अन्तर्गतको पोलिसि विक्री भएको हो । जुन ६०.०२ प्रतिशत हिस्सा हो । १४ वटा निर्जीवन र २ वटा लघु निर्जीवन बीमा कम्पनीले उक्त पोलिसिहरु विक्रि गरेका हुन् । 

त्यसैगरी, सम्पत्ती बीमाको हिस्सा १७.८८ प्रतिशत रहेको छ । यो अवधिमा सम्पत्ती अन्तर्गत २ लाख ९ हजार ६८२ वटा पोलिसि विक्री भएको छ । यसैगरी, ९.३९ प्रतिशत हिस्सा ओगटेको सामुद्रिक तर्फ १ लाख १० हजार १२२ वटा पोलिसि विक्री भएको तथ्यांकमा उल्लेख छ । 

यसैगरी, कृषि तर्फ ५६ हजार ६४१, लाघु तर्फ १७ हजार ४८७, ईन्जिनियरिङ्ग तर्फ ७ हजार ९७६ र हवाई तर्फ ५० वटा पोलिसि विक्री भएको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved