आईएमई समुहले नेपाल ईन्स्योरेन्समा स्वामित्व घटायो, यी हुन् ठूला शेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 06:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईन्स्योरेन्स कम्पनीमा आईएमई समुहका ३ कम्पनीले शेयर स्वामित्व घटाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा आईएमई ग्रुपका ३ कम्पनीले १ प्रतिशत विन्दुका दरले स्वामित्व घटाएका हुन् । 

जस अन्तर्गत आईएमई होल्डिङ, आईएमई ईन्भेष्टमेन्ट र आईएमई लिमिटेडले आफ्नो स्वामित्वमा ५ प्रतिशतका दरले रहेको प्रोमोटर शेयर १ प्रतिशतका दरले घटाएका हुन् । यी कम्पनीहरुको अहिले नेपाल ईन्स्योरेन्समा ४ प्रतिशतका दरले शेयर स्वामित्व रहेको छ । 

कित्ताका हिसाबले यी ३ कम्पनीको प्रत्येकको ६ लाख ४९ हजार ५१३ कित्ता प्रोमोटर शेयर कायम रहेको छ । अघिल्लो वर्ष प्रत्येकको ७ लाख ३९ हजार ७१७ कित्ता प्रोमोटर शेयर रहेको थियो । 

नेपाल ईन्स्योरेन्समा १ प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका कम्पनीको संख्या ८ वटा छन् । जसमध्य सबैभन्दा धेरै नेपाल बैंकको रहेको छ । नेपाल बैंकको हाल १५ प्रतिशत प्रोमोटर शेयर रहेको छ । अर्थात यस कम्पनीमा नेपाल बैंकको स्वामित्वमा २२ लाख ४७ हजार ८३८ कित्ता प्रोमोटर शेयर रहेको छ । 

त्यसैगरी यूनाईटेड डिस्टीबुटर्स नेपालको ७ प्रतिशत अर्थात १० लाख ४२ हजार ८२ कित्ता प्रोमोटर शेयर रहेको छ भने भोज राज जोशिको ५ प्रतिशत स्वामित्व कायम छ । भोज राज जोशिको हाल ८ लाख २ हजार ९७७ कित्ता प्रोमोटर र पब्लिक शेयर रहेको छ । 

यस्तै,  लाईफ केयर डिस्ट्रीबुटर्स र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको क्रमशः ३ र २ प्रतिशत स्वामित्व रहेको छ । यी कम्पनीहरुको क्रमशः ५ लाख २१ हजार ४२ र २ लाख ५९ हजार ३१५ कित्ता प्रोमोटर शेयर रहेको छ ।

हेर्नुस् नेपाल इन्स्योरेन्सका ठूला शेयरधनी:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved