नेपाल ईन्स्योरेन्समा प्रबन्धक भन्दा माथिका पदाधिकारीको तलब भत्ता ३ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 07:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिके महर्जनले तलब भत्ता वापत करिब ७५ लाख बुझेका छन् । सीईओ महर्जनले आर्थिक वर्ष ०७९/८० मा तलब भत्ता वापत ७४ लाख ५१ हजार ३०० रुपैयाँ बुझेका हुन् । 

सीईओ महर्जन सहित प्रबन्धक तथा सो भन्दा माथिका पदाधिकारीहरुले तलब, भत्ता तथा अन्य सुविधा वापत ३ करोड १० लाख ८५ हजार ५२२ रुपैयाँ लिएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले सञ्चालक समितिलाई बैठक भत्ता वापत १८ लाख २० हजार रुपैयाँ भुक्तान गरेको छ । 

यस्तै लेखापरीक्षण समितिको संयोजकलाई प्रति बैठक १२ हजार  र अन्य सदस्यहरूलाई १० हजार बैठक भत्ता प्रदान भएको कम्पनीले जनाएको छ । साथै टेलिफोन तथा मोवाईल, पत्रपत्रिका, परिवहन तथा ईन्धन, स्वास्थ्य र भैपरी आउने शीर्षक अन्तर्गत मासिक प्रति सञ्चालकलाई एकमुष्ठ रकम ३० हजार भुक्तानी गरेको कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved