३ वटा बीमा कम्पनी कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 04:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले ३ बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले ३ निर्जीवन कम्पनीहरु युनाइटेड अजोड इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र आइजिआई प्रुडेन्सियललाई कारबाही गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पैडेलले बताए। 

कार्यकारी निर्देशक पौडेलका अनुसार उधारो बिमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति सुद्धिकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको लगायतका कैफियत भेटिएकोले प्राधिकरणले कारबाही गरेको हो ।

उनीहरुबाट कारबाही स्वरुप प्राधिकरणले २ लाख जरिवाना गरेको उनले बताए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved