३ महिनामा लघु बीमा कम्पनीले गरे २ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 03:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आवको पहिलो ३ महिनामा लघु बीमा व्यवसाय गर्ने ४ कम्पनीले १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ लगानी गरेका हुन् । 

यो अवधिमा यी ४ कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेप, विकास बैंकहरुको मुद्दती निक्षेप र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दतीमा लगानी गरेका छन् । यो अवधिमा ४ कम्पनीले वाणिज्य बैंकहरुको मुलद्दतीमा १ अर्ब ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी विकास बैंकहरुको मुद्दती निक्षेपमा १५ लाख रुपैयाँ लगानी भएको छ भने फाइनान्स कम्पनीहरुको मुद्दतीमा निक्षेपमा १० लाख रुपैयाँ लगानी भएको छ । 

जसमध्ये लघु जीवनबीमा कम्पनीले भने वाणिज्य बैंकको मुद्दतीमा मात्र लगानी गरेका छन् । लघु जीवनबीमा व्यवसाय गर्ने कम्पनीहरु गार्डियन माइक्रो र क्रेष्ट माईक्रोले क्रमशः  ५० करोड ६२ लाख र ४९ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

यस्तै लघु निर्जीवन बीमा कम्पनीमध्ये प्रोटेक्टटिभ माइक्रोले वाणिज्य बैंकको मुद्दती निक्षेपमा मात्र लगानी गरेको छ । यो कम्पनीले उक्त निक्षेपमा ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, लघु निर्जीवन बीमा व्यवसाय गर्ने नपोल माईक्रोले भने वाणिज्य, विकास र फाइनान्स कम्पनीहरुको मुद्दतीमा पनि लगानी गरेको छ । वाणिज्यको मुद्दतीमा ४६ करोड ७५ लाख, विकासको मुद्दतीमा १५ लाख र फाइनान्स कम्पनीको मुद्दतीमा १० लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved