जीवन बीमा कम्पनीले संकलन गरे ६१ अर्ब ७५ करोड प्रिमियम, प्रथम बीमा शुल्क कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 05:05:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क (प्रिमियम) आर्जन गरेका छन् । यो तीन महिनामा १४ वटा जीवन बीमा कम्पनी र तीन लघु बीमा कम्पनीहरुले उक्त रकम बराबर बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

यसअवधिमा यी बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क १० अर्ब ९८ करोड ४१ लख रुपैयाँ संकलन गरेका छन् । 

१४ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार नेपाल लाईफले यो अवधीमा १६ अर्ब ७६ करोड रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको हो । यसैगरी, नेशलन लाईफ दोस्रो र लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल तेस्रो स्थानमा रहका छन् । उनीहरुले क्रमशः ७ अर्ब १६ करोड र ६ अर्ब ९२  करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका हुन । 

त्यस्तै, कुल बीमाशुल्क संकलन गर्ने चौथो नम्बरमा हिमालयन लाईफ र पाचौँ नम्बरमा  राष्ट्रिय जीवन बीमा कम्पनी रहेका छन् । हिमालयनले ६ अर्ब ७९ करोडरुपैयाँ संकलन गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । 

त्यस्तै सुर्यज्योती लाईफ इन्स्योरेन्सले ३ अर्ब ४५ करोड, एशियन लाईफले ३ अर्ब २ करोड, सानिमा रिलायन्सको २ अर्ब ३६ करोड, सिटिजन लाईफले २ अर्ब २३ करोड, मेट लाईफले २ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

त्यस्तै, प्रभु महालक्ष्मीले एक अर्ब ६७ करोड, आईएमई लाईफले १ अर्ब ६३ करोड, रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड र सन नेपाल लाईफले १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेका छन् । 

यता, लघु बीमा कम्पनी तर्फ क्रेष्ट माइत्रलो लाईफले ६१ लाख, गार्डियन माइक्रो लाईफले ३५ लाख र लिबर्टी माइक्रो लाईफले ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved