बीमा कम्पनीले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने, तोकियो शर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 04:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका सम्बन्धमा जारी विभिन्न निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन  २०८०, निर्जीवन बीमकको लगानी  (पहिलो संशोधन) निर्देशन , २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८०, संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित निर्देशिका बमोजिम बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्नेछन् । 'विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्नेछन्’ संशोधित निर्देशन भनिएको छ ।

तर, यसका लागि लगानीको सीमा भने तोकिएको छ । निर्देशन बमोजिम बीमा कम्पनीले कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न सक्नेछन् भने एकै फण्डमा भने बढीमा १ प्रतिशतमात्रै लगानी गर्न सक्ने भएका छन् ।  कम्पनीले लगानी गर्नु पूर्व प्राधिकरणको स्वीकृति  भने लिनुपर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved