क्रेष्ट माईक्रोको खुद नाफा पौने १२ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 05:12:38 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो अवधिमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  कम्पनीले पहिलो त्रैमासमा ६ लाख ६० हजार  खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले यो अवधिमा १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यो त्रैमासम्म कमिसन वापत १६ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । 

यो अवधिमा कम्पनीले दिर्घकालका लागि ४५ करोड ९५ लाख रुपैयाँ र अल्पकालिन रुपमा ४ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved