आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सका अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 06:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम पद तथा गोपनियताको सपथ लिएका हुन्। 

कम्पनीको आज सम्पन्न साधारणसभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाललाई संचालक पदमा निर्बिरोध निर्वाचित गरेको थियो । आज नै बसेको कम्पनीको १४आंै बैठकले उपरोक्त उल्लेखित संचालकहरु मध्येबाट संस्थापक समूहबाट निर्वाचित संचालक हेम राज ढकाललाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट छनौट गरेको हो।

अध्यक्ष ढकालले विज्ञ सञ्चालक कृष्ण प्रसाद शर्मा सहित नव निर्वाचित सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved