अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको जित, कप्तान पौडेललाई उत्कृष्ट खेलाडीको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2024 | 08:00:10 PM मा प्रकाशित

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको द्विपक्षीय टी२० शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिवार दिउँसो क्रितिपुर खेलमैदानमा भएको खेलमा पाहुना टोलिलाई  छ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो। 

टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दिएको १७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा पुरा गरेको हो।  निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा वेस्ट इन्डिजले १७२ जोडेको थियो।पाँच खेलको यस शृङ्खलाको पहिलो र अन्तिम खेलमा नेपाल विजयी भए पनि बाँकी तीन खेलमा पराजित भएको थियो। गत अप्रिल २७ बाट सुरु भएको शृङ्खलामा नेपाल ३-२ ले पछि परेको हो। 

पाँच खेलको शृङ्खला पाहुना टोली वेस्ट इन्डिज 'ए'ले यसअघि नै जितिसकेको छ। शृङ्खलाको उत्कृष्ट खेलाडीको अवार्ड नेपालका कप्तान रोहित पौडेलले पाए। पाँचमध्ये चार खेल खेलेका उनले २६५ रन जोडेका थिए। नेपाली क्रिकेट अधिकारीहरूले यो खेललाई आगामी जुनमा हुने टी २० विश्वकपको पूर्वतयारीका रूपमा हेरेका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved