आइजीआई प्रुडेन्सियलद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 07:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले चैत १३ देखि १६ गतेसम्म तालिम आयोजना गरेको थियो । 

बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि सो तालिम दिइएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । 

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved