जीवन बीमा कम्पनीका ३६५ शाखा बन्द, कर्मचारी पनि घटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 01:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुको शाखा कार्यलयहरुको संख्या उल्लेख्य रुपमा बन्द भएको पाइएको छ । पछिल्लो एक वर्षमा जीवन बीमकको ३६५ वटा शाखा बन्द भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। 

प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीको शाखाहरु घटेर १ हजार ८४१ वटामा सिमित भएका छन् । गत आवको सोहि अवधिमा कम्पनीहरुको यस्तो शाखा कार्यलयहरु २ हजार २०६ वटा रहेका थिए । 

कम्पनीहरुले विषेशगरी आफुलाई फाइदा नपुग्ने शाखाहरु घटाउदै लगेको कम्पनीका उच्च तहका कर्मचारीहरु बताउछन्। कम्पनीहरुले शाखा सञ्चालन गर्न लाग्ने खर्च पनि नउठ्ने भएपछि केहि शाखाहरु बन्द गर्नु परेको कम्पनीको भनाई छ ।  मर्जर पछि नजिक नजिक रहेको साविकका शाखाहरुलाई घटाएर एउटै शाखाबाट सेवा दिदाँ शाखा घटेको नेपाल बीमा प्राधिकरणको तर्क छ।

मर्जरमा गएपनि निर्जीवन कम्पनीको शाखा बढ्यो 

त्यसो त मर्जरमा निर्जीवन बीमा कम्पनीहरु नगएका होइनन् । १२ वटा निर्जीवन बीमक पनि एक आपसमा मर्जर भएर ६ वटा बनेका छन् । भने ९ वटा जीवन बीमक मर्ज भएर ४ वटा कम्पनी बनेका थिए । यसरी सरसरति हेर्दा जीवन भन्दा धेरै निर्जीवन बीमक मर्जरमा गएको देखिन्छ । तर शाखा भने जीवनको मात्र घटेको छ । 

 फागुन मसान्तसम्म आइपुग्दा निर्जीवन बीमकको शाखा  बढेको प्राधिकरणको तथ्यांकले देखाउछ। पछिल्लो एक वर्षमा निर्जीवन बीमकको शाखाा ८२ वटा बढेको छ । गत आवको फागुन मसान्तसम्म निर्जीवन बीमकको शाखा संख्या १ हजार ९ वटा रहेको थियो । तर, चालु आवको फागुन मसान्तसम्म यस्तो शाखा बढेर १ हजार ९१ वटा पुगेको छ । 

कर्मचारी संख्या

शाखा सँगै जीवन बीमा कम्पनीका कर्मचारी संख्या पनि घटेको छ । पछिल्लो १ वर्षमा जीवन बीमामा काम गर्ने कर्मचारीको संख्या १ सय ११ जना घटेका छन् । गत आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीमा ५ हजार ९ सय ३३ जना कर्मचारी थिए । अहिले त्यो संख्या घटेर ५ हजार ८ सय २२ जना कर्मचारी जीवन बीमा कम्पनीहरुमा रहेका छन् । 

तर, निर्जीवनमा भने कर्मचारी बढेको देखिन्छ । गत वर्षको तुलनामा निर्जीवनमा २.५४ प्रतिशतले कर्मचारी बढेको देखिन्छ । अर्थात गत फागुन मसान्तसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीमा १४२ जना कर्मचारी थपिएका छन् । 

गत वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीमा ५ हजार ५९१ जना कर्मचारी थिए । तर यो संख्या बढेर चालु आवको फागुन मसान्तसम्म ५ हजार ७ सय ३३ जना कर्मचारीले निर्जीवन बीमा कम्पनीमा काम गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved