यी हुन् क्रेष्ट माइक्रो लाईफका १८ ठूला लगानीकर्ता, सबैभन्दा धेरै हिमालयन रिको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 02:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्समा १ प्रतिशत वा सोभन्दा धेरै लगानी गर्ने लगानीकर्ताको संख्या १८ रहेको छ । कम्पनीको सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार १८ ठूला लागानीकर्ता मध्ये ९ वटा संस्थागत र ९ जना व्यक्तिगत लगानीकर्ता रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै लगानी हिमालयन रिईन्स्योरेन्सको रहेको छ । कम्पनीमा हिमालयन रिको २१.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसैगरी, मेट्रो क्यापिटलको १६.६२ प्रतिशत, कृष्ण लाल दुगडको र केआरएस ईन्भेष्टमेन्टको समान ६.६७ प्रतिशत शेयर हिस्सा रहेको छ । 

त्यसैगरी, संगिता देवी मोरको ३.९७ प्रतिशत, अनुपमा राठीको ३.३३ प्रतिशत, बिना मोर र सुमन मोरको समान २.९० प्रतिशत, श्रद्दा अग्रवालको २.६७ प्रतिशत, संजय गोल्छाको, वैभव एण्ड कम्पनी र समृद्धि एण्ड कम्पनीको समान ३.३८ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यस्तै, आरएमसी कन्स्टसन एण्ड ईन्भेष्टमेन्ट, आरएच ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र ईफिसिएन्ट हाउजिङ एण्ड ईन्भेष्टमेन्टको समान १.९० प्रतिशत, श्रद्धा अग्रवालको १.६७ प्रतिशत, शोभाकर न्यौपानेको १.४३ प्रतिशत र ईलाईट हाउजिङ एण्ड ईन्भेष्टमेन्टको १.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved