
एशियन लाईफ इन्स्योरेन्स १७ औँ वर्षमा प्रवेश गरेको छ। आज चैत २१ गतेदेखि कम्पनीको १६ वर्ष पुरा भएर १७ वर्षमा प्रवेश गरेको हो ।
कम्पनीले विभिन्न कार्यक्रम गरी १६ औ वार्षिकोत्सव मनाईरहेको छ । जस क्रममा कम्पनीले रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
यस्ता छ कम्पनीको अवस्था
अधिकृत पुँजी : ५ अर्ब
जीवन बीमाकोष : ४१ अर्ब ३० करोड
कुल लगानी : ४६ अर्ब १० करोड
कुल बीमाशुल्क आर्जन : ४९ अर्ब
चुक्ता पुँजी(सूचिकृत हुन बाँकी बोनस शेयर समेत): ३ अर्ब ४० करोड
शाखा तथा उपशाखा: १३९ वटा
कर्मचारी : ४२९ जना
अभिकर्ता संख्या : १ लाख १३ हजार ३ सय जना
सहायक कम्पनीः एशियन क्यापिटल
लगानी विविधिकरणः हवाई, पर्यटन, बैंक, निर्जीवन बीमा, पुनर्बीमा