एशियन लाईफ १७ वर्षमा प्रवेशः उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 08:04:34 PM मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

कम्पनीका अनुसार वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै मिति बुधबार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

साथै देशभरका ८० वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा १६ वर्षदेखि निरन्तर सहयोग पुयाउँदै आएका सम्पूर्णमा आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे ।

कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी रु. ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु. ३ अर्ब ३९ करोड ९८ लाख ( सूचीकृत हुन बाँकी बोनश शेयर समेत ) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved