निप्स कर्णाली प्रदेश अध्यक्षमा जोशी चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 10:50:06 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संगठन नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा गणेश प्रसाद जोशी चयन भएका छन् । 

जोशी शिखर ईन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख हुन् । योगेन्द्र बहादुर कार्कीको नेतृत्वमा रहेको पुरानो कार्यसमिति विगठन गरि नयाँ कार्यसमिति बिहिबार चयन गरिएको जनाइएको छ । 

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश र प्रदेश भित्र रहेर निर्जीवन बीमा व्यवसाय गरिरहेका बीमकका प्रदेश प्रमुखहरुको सहभागितामा उक्त कार्यसमिति चयन भएको हो । 

कार्यसमितिको उपाध्यक्षमा सिद्धार्थ प्रिमियरका राकेश विसी, महासचिवमा युनाईटेड अजोडका धिरेन्द्रकुमार शाही र सचिवमा प्रभु ईन्स्योरेन्सका कलम रोकाय, कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियलका चन्द्र बहादुर थापा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सका विनित पौडेल र राष्ट्रिय बीमा कम्पनीका राजेन्द्र सुनार चयन भएको जाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved