
आई.एम.ई. लाईफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसर (CMO) मा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ्ग अफिसरको रुपमा नियुक्त भएका छन् । नवनियुक्त चिफ मार्केटिङ्ग अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृतको रुपमा आवद्ध थिए ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग (Re-Insurance Department), अनुसन्धान तथा विकास विभाग (Research and Development Department), बजार व्यवस्थापन विभाग (Marketing Department) र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख (Regional Manager), शाखा प्रमुख (Branch Manager) को रुपमा काम गरेको अनुभव रहेको छ ।