सरकारले निर्जीवन बीमा कम्पनीलाई दियो ४६ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 10:17:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्जीवन कम्पनीलाई बीमा अनुदान वापत करिब ४७ करोड भुक्तानी दिएको छ । केहि दिन अघि कम्पनीहरुले ४६ करोड ४१ लाख भुक्तानी पाएको नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । 

उक्त रकम कम्पनीहरुले भुक्तानी पाएपछि पनि अझै १ अर्ब ८० करोड बढी रकम भुक्तानी पाउन बाँकी नै छ । पछिल्लो समय दिइएको उक्त रकम पशुपंक्षी बीमा तर्फको अनुदान वापतको रकम भएको प्राधिकरणले जनाएको छ । 

कम्पनीहरुलाई पशुपंक्षी तर्फको २ अर्ब १२ करोड ३२ लाख ६५ हजार र कृषि तर्फको १४ करोड ४७ लाख ७१ हजार गरी कुल २ अर्ब २६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । उक्त रकम विगत ३ वर्षदेखिको हो ।  ४६ करोड ४१ लाख भुक्तानी दिएपछि अब पशुपंक्षी तर्फ  १ अर्ब ६५ करोड ९१ लाख ६५ हजार रुपैयाँ र कृष तर्फ १४ करोड ४७ लाख ७१ हजार गरी कुल १ अर्ब ८० करोड ४० लाख रुपैयाँ बाँकी रहन्छ । 

यता निर्जीवन बीमकहरुले भने पुरा रकम नपाएसम्म कृषि तथा पशुपंक्षी बीमालेख जारी नगर्ने अडानमा छन् । उनीहरुले चैत १ गतेदेखि उधारो बीमा नगर्ने भन्दै कृषि तथा पशुपंक्षीको बीमालेख जारी गर्न छोडेका थिए । तर, पुरा प्रिमियम दिएको खण्डमा भने कम्पनीहरुले बीमालेख जारी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved