कृषि बीमामा निर्जीवन बीमा कम्पनीको गम्भीर त्रुटी, अरबौँ रकम बढाएर पोलिसि बेचेको खुलासा

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Apr 10, 2024 | 07:27:33 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाको पोलिसि जारी गर्दा गम्भीर त्रुटी गरेको पाईएको छ । कम्पनीहरुले कृषि बीमाको पोलिसि काट्दा बीमांक रकम बढाएर काटेको पाइएको हो। 

यस अघि बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा  अण्डराईटिङ्गको समस्या रहेको बताउँदै आएको थियो। प्राधिकरणको सो भनाईलाई बल पुग्ने गरि निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाको पोलिसि काट्दा गम्भीर लापरवाही गरेको प्रमाणहरु बिजपाटीले फेला पारेको हो। कम्पनीहरुले बीमांक रकम ३० देखि ३५ प्रतिशतसम्म बढाएर पोलिसि काटेको खुलेको हो । 

के गरियो गल्ती ? 

कृषि तथा फलफूल बीमाको बीमांक रकम हिसाब गर्दा कम्पनीहरुले लापरवाही गरेको खुलेको हो। हरेक फलफुल, बालीको बीमांक रकम त्यसको भौगलिक अवस्था, सो बोट तथा बालीको उमेर, क्षेत्रफल लगायत धेरै कुराले तय हुन्छ । त्यसमध्यको पनि क्षेत्रफल धेरै महत्वपूर्ण हुन्छ । 

कुन फल कति दुरिमा लगाउने भन्ने मापदण्ड नै छ । कम्पनीले कुनै फलको बोटको बीमा गर्ने बेलामा बीमांक रकम निकाल्दा क्षेत्रफल अनुसार कति बोट तथा विरुवाहरु छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । 

मानौ एक वर्ग किलोमिटरमा कति वटा सुन्तलाको बोट लगाउने भनेर मापदण्ड नै छ । सोहि अनुसार नेपाल बीमा प्राधिकरणले निर्देशिका र  कार्यविधि बनाएको छ। सोहि अनुसार कम्पनीहरुले पोलिसि काट्ने र बिमांक रकम निकाल्नु पर्ने व्यवस्था छ। 

उदाहरणका लागिः एक वर्ग किलोमिटरमा १०० वटा सुन्तलाको बोट लगाउनु उपयुक्त भनेर मापदण्ड तोकिएको छ । अब बीमा कम्पनीहरुले सो क्षेत्रफलमा १५० वटा सुन्तलाको बोट भएपनि १०० वटाकै पोलिसि काटनु पर्ने हुन्छ । र सोहि अनुसार प्रिमियम र बीमांक रकम तय हुन्छ । त्यस भन्दा बढी बीमांक रकम तय भएको पोलिसिलाई कृषि विभागले मान्दैन । 

सुन्तला कै उदाहरण लिंदा बीमित किसानको  एक वर्ग किलोमिटरमा १५० वटा सुन्तलाको बोट छ भने कम्पनीहरुले बीमांक निर्धारण गर्ने एउटा पाटो क्षेत्रफललाई लत्याईदिन्छन् । र १५० बोटको प्रतिबोट मानौ ५०० का दरले बीमांक तय गर्छन् । यसो गर्दा ७५ हजार रुपैयाँ बीमांक हुन्छ । जुन १०० बोटको मात्र बीमांक निकाल्नु पर्ने थियो । अर्थात १०० बोटको ५०० का दरले ५० हजार बीमांक रकम हुनु पर्ने थियो । यहाँ सरसर्ती हेर्दाे ५० प्रतिशत धेरै बीमांक रकम कायम हुन गयो ।

यसै गरी कम्पनीहरुले बीमांक रकम बढाएर काटेको पोलिसिहरु कृषि विभागमा आउने गरेकोे फेला परेको हो ।  गत आर्थिक वर्षमा यसरी बढाईएको रकमको भोलुम ठूलै रहेको पाईएको छ । स्रोतका अनुसार गत आर्थिक वर्षमा कम्तिमा २ अर्ब भन्दा धेरै रकम बढाएर पोलिसि जारी भएको छ ।  गत आर्थिक वर्षमा कम्तिमा ३० प्रतिशत भन्दा धेरै बीमांक रकम बढाएर कम्पनीहरुले पोलिसि काटेको स्रोतले जनाएको छ ।

यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत वा माथिल्लो तहका कर्मचारी तथा सञ्चालकको दबाब उनीहरुले बीमांक रकम बढाएर पोलिसि काट्ने गरेको खुलेको छ । यस्तो त्रुटि आफुलाई ठूलो मान्ने कम्पनीले पनि गरेको पाईएको छ ।  कृषि बीमाको बारेमा राम्रो ज्ञान नभएका र अदक्ष कर्मचारी भएका कारण अन्जानमा यस्तो गल्ति भएको हुन सक्ने पनि बताइन्छ । 

मापदण्ड विपरित बीमा गर्न मिल्दैन : प्राधिकरण 

 यता नेपाल बीमा प्राधिकरण भने बीमा कम्पनीले मापदण्ड भन्दा बाहिर गएर बीमा गर्न नपाउने बताउँछ । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले यदि मापदण्ड भन्दा बढी फलफुल लगाईएको खण्डमा त्यस्तो फलफुल तथा बालीको बीमा नहुने बताए । मापदण्ड विपरित लगाईएको खेतिको बीमा गर्न नमिल्ने उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved