भोजपुरमा सलिकोको बीमा सचेतना गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 01:29:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले भोजपुरको टेम्केमैयुङ गाँउपालिकामा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा चैत्र २८ गते सचेतना गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको अध्यक्षता प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत रहेका थिए । कार्यक्रमको संचालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तवय राख्ने क्रममा सलिकोका कोशि प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम संचालन गर्नुको उद्धेश्य र कम्पिनिले हालसम्म गरेका गतिविधिहरु बारे प्रकास पार्नुभयो र आगामि दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे ।

सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रकृया, बीमालेखका किसिम, बीमालेखमा भएका ब्यवस्थाहरु, वीमाशुल्क, दावी प्रकृया, ब्यतिmगत दुर्घटना बीमा, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराए ।

टेम्केमैयुङ गाँउपालिका अध्यक्ष बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समाबेश हुनपर्ने कुरामा जोड दिए । गाँउपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनूदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडी बढिरहेको जानकारी सहभागिहरु समक्ष गराए ।

प्राधिकरण कोशि प्रदेश प्रमुख पोखरेलले सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्य रुपमा संचालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा संचालन गनुपर्ने महत्वपुर्ण कार्यक्रम रहेको जानकारी गराए । उनले बीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव, वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गरे । 

कार्यक्रमा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समुह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागिहरुको उपस्थिती रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved