जीवन बीमक संघले भन्यो '३ वर्षभित्र पोलिसी समर्पण गर्नेलाई पैसा फिर्ता दिए कम्पनी टाट पल्टन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 09:55:08 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीले पहिलो तीन वर्षभित्र बीमालेख समर्पण गरे बापत रकम फिर्ता गर्न नसकिने जवाफ दिएका छन्। यस्तो निर्देशन पालना गर्दा कम्पनीनै टाट पल्टिने कारण देखाउदै जीवन बीमक संघले रकम फिर्ता गर्न नसकिने जवाफ बीमा प्राधिकरणलाई पठाएका हुन् । 

बीमितबाट पहिलो बर्ष उठेको प्रिमियमको एकसय एक प्रतिशत, दोस्रो प्रिमियमको ७६ प्रतिशत र तेस्रो प्रिमियमको ६५ प्रतिशत रकम विभिन्न शिर्षकमा खर्च हुने भएकाले तीन वर्ष भित्र समर्पण गरेकाको ७५ प्रतिशत रकम फिर्ता गर्न नसकिने संघले नेपाल बीमा प्राधिकरणलाई पठाएको १४ पन्ने जवाफमा उल्लेख छ। 

अन्तराष्ट्रिय अभ्यास र भूतप्रवाहि हुने गरि पालना गर्दाको कानुनी अड्चन लगायतका कारण देखाएर कुनै पनि हालतमा तीन वर्षभित्र समर्पण गर्ने पोलिसीमा ७५ प्रतिशत रकम फिर्ता गर्न नसकिने संघको जवाफी पत्रमा उल्लेख छ। 

संसदको सार्वजनिक लेखा समितिले गत पौष १२ गते नेपाल बीमा प्राधिकरणलाई ३ वर्ष भित्रै समर्पण गर्ने बीमितलाई न्यूनतम सञ्चालन शुल्क २५ प्रतिशत लिई बाँकी रकम सम्बन्धित बीमितलाई फिर्ता गरिदिनु’ भन्ने निर्देशन दिएको थियो। सोहि निर्देशनलाई आधार मानेर बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई पत्र पठाएको थियो। जीवन बीमा कम्पनीहरुले सो निर्देशन पालना गर्न नसकिने जवाफ दिएका हुन् । कम्पनीहरुले पठाएको जवाफ प्राधिकरणले समितिमा पठाईसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved