सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, ६ सञ्चालक पनि निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 05:09:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गरेको छ । बैंकको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश पारित गरेको हो ।

यसअघि सञ्चालक समितिले बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव साधारणसभाबाट पारित भएको हो । 

साधारणसभा मार्फत संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । 

सदस्यहरुः

१. उज्जवल सत्याल – संस्थापक समूह

२. सुशिल काजी बानियाँ – संस्थापक समूह

३. गंगा सागर ढकाल – सर्वसाधारण समूह

४. लिसा शेरचन – सर्वसाधारण समूह

५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह

६. नरेश ढुंङगाना – सर्वसाधारण समूह

बैंकले हाल ११२ शाखा, ३० एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved