राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा फेरी स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 09:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा दोस्रो पटक स्थगित भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साधारणसभाका केहि प्राविधिक पक्ष मिलाउन बाँकि रहेको जनाउदै दोस्रो पटक साधारणसभा स्थगित गरेको हो । 

अर्को मिति तय नहुँदासम्मको लागि साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सुरुमा  वैशाख १४ गतेका लागि सभा आह्वान गरेको थियो । विशेष कारणवश भन्दै १४ गतेको साधारणसभा स्थगित गरेर कम्पनीले वैशाख १९ गते साधारणसभा बोलाएको थियो । आज वैशाख १९ गतेको साधारणसभा पनि स्थगित भएको हो ।

साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved