सलिकोको वार्षिक साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 04:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले साबिकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरूको बारेमा शेयरधनीहरूलाई जानकारी गराए । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।०८० को वित्तीय विवरण पारित गर्ने र  २०८०।०८१ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरूलाई पांच प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ ।

यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन्, बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्बिरोध निर्बाचित भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved