टानमा वाम बर्चश्व, नवराज दाहाल अध्यक्षमा निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 01:20:11 PM मा प्रकाशित

laxmi sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष सहित अधिकांश पदमा बाम प्यानल विजयी भएको छ। आइतबार सम्पन्न भएको निर्वाचनमा नवराज दाहाल विजयी भएका हुन। 

दाहालले दाहालले ३३१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी मोहन लम्सालले ३१३ मत प्राप्त गरे । दाहाल बामगठबन्धनबाट उम्मेदवारी दिएका थिए भने लम्साल लोकतान्त्रिक समुहबाट उम्मेदवारी दिएका थिए ।  

त्यस्तै लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा मात्र जित निकालेको छ। टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन । 

साथै कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भएका छन।   



Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved