नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशीले लिए श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 01:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष  २०८०/८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो ।

विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ । ८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्यांक विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।

८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । ट्रेड यूनियन संघ ६ वटा दर्ता भएका छन् । १४ वटा संघको नवीकरण भएको समेत विभागको तथ्यांक छ । यस अवधिमा ५० वटा कम्पनीलाई श्रमिक आपूर्तिकर्ता इजाजत पत्र प्रदान गरिएको छ ।

श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नवीकरणको संख्या ३१७ रहेको विभागले जनाएको छ । यस अवधिमा विभागले श्रमिक आपूर्तिकर्ता कम्पनीको २३२ वटा निरिक्षण गरेको छ । यो अवधिमा ३१७ वटा श्रम विवाद समाधान गरिएको विभागले जानकारी गराएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved